बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बाहालवाला मन्त्रीकै सामुन्ने कुटिए सरकारी अधिकृत

मंगलबार, साउन १७ २०७४

काठमाडौं साउन, १७–
बाहालवाला मन्त्रीकै सामुन्ने नेपाल सरकारका कार्यकारी अधिकृत कुटिएका छन् । स्थानीयले  विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई कुटपिट गरेका हुन्  । मंगलबार  शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहसंगै अनुगमनमा निस्केका कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदी   स्थानीय युवाहरुबाट कुटिएका हुन् ।  अनुगमनमा निस्किएका मन्त्री साहले सडक आयोजनाको काममा भएका ढिलासुस्ती हटाउन  सम्बन्धित कार्यालयका प्रमुखहरुलाई  निर्देशन दिईरहँदा उपमहानगरपालिकाका कार्यकारी प्रमुख  सुवेदी भने गाडीमा बसेर मोवाईल चलाउन मस्त थिए । मन्त्रीनै सडकमा उत्रिएर ढिलासुस्तीको बारेमा चासो लिने तर, कार्यकारी प्रमुख जस्तो व्यक्ति भने मन्त्रीलाई नटेरेर गाडीमा बसिरहने भन्दै स्थानीय युवाहरुले उनलाई बाहिर निस्केर मन्त्री साहको कुरा सुन्न आग्रह गरे । तर, प्रमुख सुवेदीले आफू मन्त्रीको कुरा सुन्न नजाने भनेर जवाफ फर्काएपछि आक्रोशित युवाहरुले उनलाई गाडीबाट तान्दै कुटपिट गरेका हुन् ।
जनकपुर नगरक्षेत्रमा एडिबीको ऋण सहयोगमा संचालित एकिकृत विकास आयोजनाको स्थलगत अनुगमनको लागि मन्त्री साहसहित मंगलबार विहानै विभिन्न सम्बन्धित कार्यालयका प्रमुखहरु विद्यापति चोक पुगेका हुन् ।