काठमाडौ साउन, १७–
आईसीएफसी फाईनान्सले आर्थिक बर्ष २०७३—०७४ को चौंथौ त्रैमासिक अवधिमा १९ करोड ५२ लाख ८० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । चुक्ता पुंजी ८० करोड १७ लाख ८४ हजार रुपैयाँ रहेको फाईनान्सले २०७४ को असार मसान्तसम्मममा छ अर्ब ७९ करोड ७७ लाख ८९ हजार रुपैयँ निक्षेप संकलन गरी पाँच अर्ब ५८ करोडठ ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा ४८ करोड ६७ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको फाईनान्सले सो अवधिमा ३२ करोड ७६ लाख ३९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम चार करोड ५० लाख ५९ हजार रुपैयाँ रहेको फाईनान्समा शुन्य दसमलव ७५ प्रतिसत कर्जा निष्क्रिय रहेको छ ।