बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आगजनी

मंगलबार, साउन १७ २०७४

चितवन साउन, १७–
 विभिन्न विद्यार्थी संगठनले कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयममा आगजनी गरेका छन् ।   विद्यार्थी संगठनहरुलाई बाइबास गरेर चितवनमा बस्नुपर्ने बैठक विभिन्न रिसोर्ट, लज तथा काठमाडौँमा बस्न थालेपछि आक्रोशित    विद्यार्थीले  रामपुरमा रहेका विश्वविद्यालयको केन्द्रीय कार्यालयममो  आगजनी गरेका हुन् । 

माओवादी केन्द्र , विप्लव नेतृत्वको अखिल क्रान्तिकारी तथा कांग्रेस निकटको नेवि संघका आन्दोलित  विद्यार्थीहरुले आगजनी गरेका हुन् ।   
लामो समयदेखि रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय  विभिन्न आन्दोलनको मारमा पर्दै आइरहेको छ । नयाँ क्याम्पसलाई सम्बन्धन दिन लागिएको  , विद्यार्थी संगठनलाई वाइपास गरिएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै  उनीहरु विद्यार्थीहरु आन्दालित हुदै आएका छन् ।