बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घरेलु कारदार पठाउन पूर्ण रुपले बन्द गर्नु हुँदैन

सोमबार, साउन १६ २०७४

 
बैदेशिक रोजगारी क्षेत्रमा घरेलु कामदारको समस्या के हो ?
सबै भन्दा त्रुटि कहाँ छ भनेर अहिलेसम्म नेपाल सरकारले खोज्न सकको छैन ।सबै भन्दा ठुलो दुर्भाग्य कुनै पनि देशमा एमओयू गरेर कन्ट्रयाक भैसकेपछि त्यसमा सबै कुरा उल्लेखित हुन्छन । तर नेपालको तयो अवस्था नै छैन  । समस्या हामीलाई नभए कसलाई हुन्छ ? एमओयू कतारसग कता कता भएको भन्ने सुन्नमा आएको छ । त्यो पनि म्याद सकिसकेको अवस्था छ । नेपालको बैदेशिक रोजगारीको अवस्थाको बारेमा जानाकारी लिन संसदको श्रम समितिमा म पनि छु केही माननिय ज्युहरु जानु भयो पनि निरिक्षणका लागि त्यसमा म गइन निरिक्षण त गर्नु भयो उहाहरुले निरिक्षण गर्ने क्रममा असाध्यै दयानिय अवस्था देखियो । अब यो चै बन्द हुनु पर्छ । भन्ने कुरा चै उहाहरुको उठ्यो । त्यो कुरो सत्य पनि होला । तर के छ भने देखि रोग लागि सकेपछि र लागेपछि उपचार खोज्ने हो । हैन यसरी रोग लाग्यो भनेर उपचार नै नगरी बस्नु त भएन । जस्तो हातको एउटा औलामा चोट लाग्यो भने देखि त्यो औलालाई काटेर फाले देखि अरु सर्दैन यस्ता किसिमका उपायहरु त खोज्नु प¥यो नि हैन ? यस किसिमको उपायहरु नखोज्दा खेरी मैले हिजो अस्तीमात्र सुनेको मात्र के त भन्दा खेरी अहिले दुई÷तिन सय घरेलु कामदार नेपालमा हामीले जान पाएनौ भनेर अलपत्र स्थितिमा सबै देखिएको छ र केही दिन भित्रमा श्रम समितिमा निवेदनका साथ आउदै छन् भन्ने चै मैले सुनेकी छु ।
घरेलु कामदारले बढि पीडा पाएकोले घरेलु कामदार बन्द गराउने रणनिति लिनु उचित   नै हो नी ?
यसमा मेरो अलिकति फरक छ है,  राज्यले उनिहरुको सेक्युरिटि के त ? उनलाई दिने बाहिर दिने  सेक्युरिटि के त ? व्यबस्था के त यसलाई एकदमै मोडालिटि बनाउने पर्छ  । राज्य पक्षबाट नै यो समस्यालाई सुधार गर्न नखोजिएको मैले देखेको छु । श्रम समितिको नै कुरा गर्ने हो भने ,समितीबाट घरेलु कामदार बन्द गर्ने निणर्य आयो , तर यो निणर्यमा समितिभित्र नै विवाद रहेको छ । 
प्रभु शाह समतिको सभापति हुँदा उहाँको निर्णय एम दमै विवादमा देखा प¥यो । तस्ता कुराहरु देखिन थाले पछि त्यति वेलाबाट त म समितिमा जान छाडे । 
समस्या समाधान गर्न तपाई जस्ता सांसदहरुको अहल चाहि के त ?

म लयात केहि साथीहरुले मुख्य भनाई कि सकेसम्म विदेश कामदार नै नपठाउँ, उनीहरु
लाई स्वदेशमा नै रोजगारी  प्रदान गर्न राज्य स्तरबाट पहल गरौं भन्ने छ । वैदेशिक रोजगारीमा पठाउने देश रेमिट्यान्सले धनि भएको छैन । तर अहिलेलाई त्यो पनि संभव देखिएन । अवको समाधान भनेको द्वपक्षिय सम्झौता नै हो  । नेपाली कामदार समस्या भोगी रहेका छन् । त्यो समस्या उत्पन्न हुनेको कारण मेन पावर कमपनीलाई दोषारोपण  भैरहेको छ । समस्याको जड भनेको हाम्रो नेपालमा खुला बोडर नै हो  । बैदेशिक रोजगारमिा जान चाहनेहरु गाउँबाट काठमाडौँ आएर मेनपावर एजेन्सी लाई पत्याउदैनन तर गाउँघरका नातेदार मामा,  भान्जा दिदीबहिनिलाई हरुलाई पत्याउछन उनै दलाल भएर बेजबिखन गर्छन । यो अबस्थामा त्यो गर्नु भन्दा मेरो भनाई केहो भने बरु मेनपावरलाई नै मर्यादित बनाउ मेनपावरलाई नै छुट दिने मान्छे पठाउनलाई महिलाहरुलाई पनि पठाउनलाई बरु उनिहरुलाई एउटा बन्देज बनाउ बाधौँ नियम ऐनकानुनमा कमसेकम मेनपावरबाट गएको मान्छे त भोली अप्ठ्यारो पर्यो भने एउटा मेनपावरलाई त समाउन पाइयो । उनिहरुलाई केहि पर्दाखेरीको ग्यारेन्टी त मेनपावरले लियो । काम गर्न सक्ने मेनपावरले गर्न ईच्छा लाग्यो भने गर्छन मन नलाग्नेले नर्गलान सबैले गर्छ भन्ने जरुरी पनि छैन । त्यो भए देखी सजिलो माध्यम छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।