बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएको एमालेको ठहर, फैसलाको जवाफ जनमतले दिने एमाले घोषणा

आइतबार, साउन १५ २०७४

काठमाडौं साउन,१५–
 भरतपुर १९ मा पुनः मतदान गर्ने सर्वोच्चको फैसलालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  दुभाग्यपूर्ण भनेको छ । उसले सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको समेत ठहर गरेको छ । सर्वोच्चको फैसलापछि एमाले सचिव योगेश भट्टराईले भने, ‘आजको फैसला दुर्भाग्यपूर्ण छ । यसले राजनीतिको अपराधीकरण तथा अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको छ । नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको छ ।’  उनले भरतपुरका जनताप्रति आफूहरुलाई भरोसा रहेको भन्दै त्यहाँका जनताले आफ्नो जनमतमार्फत नागरिकको सर्वोच्चता स्थापित गर्ने विश्वास समेत व्यक्त गरे ।  आइतबार सर्वोच्चले  भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको फैसला सुनाएको हो ।