काठमाडौं साउन, १५–
शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रेमगीत २’ले पहिलो दिनमै १ करोड १३ लाख भन्दा बढि रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ । पहिलो दिनको चलचित्रको कमाईलाई हेर्ने हो भने प्रेमगीत २ ले राम्रो ओपनिङ्ग गरेको छ । शुरुवाती लक्षणलाई हेर्ने हो भने चलचित्रको बक्सअफिस कलेक्सन आक्रामक देखिएको छ । शनिवार दरबारमार्गस्थित क्युज हलले दशवटा शोज मध्ये प्रेमगीत २ लाई ६ शोज दिएको थियो । ६ शोज मध्ये ५ वटा शोज हाउसफूल तथा एउटा बिहानी शोज पनि ६० प्रतिशत अकुपेन्सी रहेको निर्माण युनीटको दावी छ । शनिबार राजधानीकै अर्को ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले ‘प्रेमगीत २’ लाई १७ सोज दिएमा अधिकांश सोज हाउसफुल रहेका थिए । चलचित्रका राजधानी वितरक गोविन्द शाहीले ‘प्रेमगीत २’ ले पहिलो दिनमा नै १ करोड १३ लाख बढि रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरे । त्यस्तै दोश्रो दिन १ करोड ४० लाख माथीको व्यापार गर्दै ‘प्रेम गीर २’ले दुई दिनमा २ करोड ५३ लाख बढिको ग्रस कलेक्शन गरेको बताईएको छ । नायक प्रदीप खड्का विश्वज्योतिमा दर्शकमाझ फोटो खिच्न जाने क्रममा भीड अनियन्त्रित भएपछि नायकलाई भगाउनुपरेको निर्माण युनिटको भनाई छ । रामशरण पाठकको लेखन तथा निर्देशन रहेको ‘प्रेमगीत २’ मा प्रदीप खड्का र अश्लेषा ठकुरीको अभिनय रहेको छ । बर्मेली युवती नेपाल घुम्न आउने क्रममा एक युवकसँग गाँसिने प्रेम र त्यसपछि आइपर्ने अवरोधलाई कथामा उठाईएको छ ।
राजधानीका हल सञ्चालकहरुले चलचित्रले बम्पर ओपनिङ गर्दै केहि हलमा भने नेपाली फिल्मको इनिसियल कलेक्सनमा रेकर्ड कायम गर्न सक्ने उनीहरुको भनाई छ ।