काठमाडौं साउन, १५–
पाकिस्तानमा सत्तारुढ दल मुस्लिम लिग–नवाजले नयाँ प्रधानमन्त्री चयन गरेको छ । साहिद खकान अब्बासीलाई सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा चयन गरेको हो । निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्ट ठहर गरेपछि उनले शुक्रबार प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । नवनियुक्त प्रधानमन्त्री अब्बासी सरिफको सरकारमा पेट्रोलियम मन्त्रीसमेत रहेका थिए । अबको ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने अब्बासीले पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि जिम्मेवारीबाट मुक्त हुनेछन् ।
शरिफका भाइ सेहबाज शरिफले प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् । उनी पन्जाबको मुख्यमन्त्री रहेकाले सेहबाजले पञ्जाव प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनेछन् । केन्द्रीय संसद्को तल्लो सदन नेसनल एसेम्बलीको उपचुनावमा जितेपछि बल्ल उनी प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्न तयार हुनेछन् ।