काठमाडौं साउन, १४–
नायिका सुस्मिता केसीले रंग पत्रकार उत्सव रसाइलीसँग माफी मागेकि छिन् । नायिका केसीले आफ्नो गल्ती भएको भन्दै आत्मालोचना गरेकी हुन् । पत्रकार रसाइलीले सामाजिक संजाल फेसबुकमा गाली गलौज गरेको तथा फोनमा धम्की दिएको भन्दै अपराध महाशाखा, टेकुमा नायिका केसी बिरुद्ध उजुरी दिएका थिए । बिहिबार अपराध महाशाखामा पुगेर सुस्मिताले गल्ती भएको भन्दै लिखित रुपमै आत्मालोचना गरेकी हुन् । साथै, आउदा दिनमा सामाजिक संजालमा रसाइलीलाई कुनै पनि खालको गाली गलौज र बेइजत नगर्ने लिखित प्रतिवद्धता समेत उनले जनाएकी छिन् । नायिका केसीले पत्रकार रसाइलीको लैंगियता तथा जातियता माथिनै सामाजिक संजालमा प्रहार गरेकि थिईन् । ‘बैनी उर्फ भाइ’ भन्दै लैंगियतामाथि नै प्रश्न उठाएको र ‘रसाइली भनेको कुन जात हो ?’ भनेर सामाजिक संजालमा सोधेकी सुस्मिताले फोन गरेर ‘तेरो बाउको बिहे देखाइदिन्छु’ भन्दै समेत धम्क्याएकी थिइन् ।