काठमाडौ साउन १२
साउन १६ गते सोमबार नेपाल राष्ट्र बैकले २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जारी मिती साउन १७ गते तोकिएको उक्त ट्रेजरी खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुुपर्ने छ ।
परिपक्व हुने अवधि ९१ दिन तोकिएको ट्रेजरी को भुक्तानी मिती भने २०७४ कात्र्तिक १४ गते तोकिएको छ । यसअघि यही साउन नौ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच सय ५० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थियो ।