बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कामना र सेवा बिकास बैकको एकीकृत कारोवार आगामी शुुक्रबार

बिहिबार, साउन १२ २०७४

काठमाडौ साउन १२
कामना बिकास बैक र सेवा बिकास बैैकले यही साउन २० गते शुुक्रबारबाट एकीकृत कारोवार सञ्चालन गर्ने भएकाछन । राष्ट्रियस्तरको कामना र क्षेत्रियस्तरमा १० जिल्लामा बित्तीय कारोवार सञ्चालन गर्दे आएको सेवाले मर्जर मार्फत कामना सेवा बिकास बैकको नाउँबाट एकीकृत कारोवार सञ्चालन गर्न लागेको हो । 
एकीकृत कारोवारको लागि दुुबै बैंकले यसअघि गत जेठ २५ गते बिशेष साधारण सभा आयोजना गरी मर्जरको प्रस्ताव पारित गरेका थिए । सो पश्चात मर्जरको स्वीकृतीको लागि राष्ट्र बैक र कम्पनी रजिष्र्टड पुुगेको दुुबै बैकले राष्ट्र बैकले यही असार २० र कम्पनी रजिष्र्टडले यही साउन ११ गते एकीकृत कारोवारको लागि स्वीकृती दिएको थियो । सोही आधारमा दुुबै बैकले मर्जर मार्फत एकीकृत कारोवार गर्न लागेका हुुन । एकीकृत कारोवारको लागि साउन १९ अर्थात आगामी बिहिबार दुुबै बैकको सबै शाखा बन्द रहने छ । एकीकृत कारोवार पश्चात  बन्ने बैकको चुक्ता पुंजी एक अर्ब ७५ करोड रुपैयाँको हाराहारीमा पुुग्ने छ ।