बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ संचारमन्त्री बस्नेतको राजनैतिक यात्रा

बिहिबार, साउन १२ २०७४

काठमाडौं साउन, १२–
सिन्धुपाल्चोकमा जन्मिएका कांग्रेस नेता मोहनबहादुर बस्नेत देउवा सरकारको सूचना संचार मन्त्री बन्न सफल भएका छन् ।  सूचना तथा सञ्चार मन्त्रीमा नियुक्त कांग्रेस नेता  बस्नेत  मार्सल  आर्टका खेलाडी समेत हुन् ।   २०१५ सालमा जन्मिएका नवनियुक्त मन्त्री बस्नेत उमेरले ६० पुग्न लागेका छन् तर, झट्ट हेर्दा उनी ६० बर्षको जस्तो समेत देखिदैनन् । बस्नेतको रोचक पक्ष भनेको उनी जतिसुकै व्यस्त किन नहुन्, कार्यकर्ताको  जस्तोसुकै समस्या र भिडभाडनै किन नहोस  तर, उनी  बिहानको २ घण्टा समय आफ्नो शारीरिक व्यायामका लागि जसरी पनि छुट्टयाउने गर्छन ।  नेविसंघको राजनीतिबाट राजनीति यात्रा सुरु गरेका बस्नेतले १४ वर्षको उमेरदेखि नै राजनीतिमा प्रबेश गरेका हुन्   । ०४६ देखि पार्टी कांग्रसको  राजनीतिकमा सक्रिय बस्नेतले २०४८ सालको संसदीय   निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट  टिकट पाए पनि  उनी एमाले उमेदवार अमृत बोहरासँग पराजीत भएका थिए । २०५१ को मध्यावधि निर्वाचनमा  पार्टीले उनलाई टिकट नदिएसँगै उनी पार्टी भित्रको संस्थापन पक्ष मानिने कोइराला परिवारबाट विस्तारै टाढिदै देउवा क्याममा तिर नजिक हुन पुगे   । ०५६ को चुनावमा बस्नेतले  क्षेत्र नम्बर १ बाट उनै  एमाले उमेदवार अमृत बोहरालाई हराउँदै सांसद मात्र भएनन्  स्वास्थ्य राज्यमन्त्री समेत बन्न पुगे  । पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोकको  क्षेत्र नम्बर १ मा पराजित भएका बस्नेत दोस्रो संविधानसभा निर्वाचनमा भने  एमाले उँमेदवार अरुण नेपाललाई पराजीत गर्न सफल भएका हुन् । जब, बस्नेतले माण्डवी राणासँग बिहे गरे उनको सम्बन्ध  प्रधानमन्त्री देउवासँग झनै घनिष्ट बन्न पुग्यो ।  कारण  बस्नेत पत्नी माण्डवी र देउवा पत्नी आर्जु  दिदीबहिनी समेत हुन् । मन्त्री बस्नेत निडर र हक्की स्वभावका समेत मानिन्छन् । उनले केहि महिना पहिले  अर्थ मन्त्रालयमा पुगेर  कर्मचारीहरुको सातो लिएको बिषयले निकै  चर्चा समेत पाएको थियो । एमालेको युथ फोर्स, माओवादीको  वाइसीएलले दबदबा गरिरहेको समयमा मन्त्री बस्नेतले आफ्नै नेतृत्वमा  पार्टीभित्र तरुण दस्ता गठन गर्नु पर्छ भनेर चर्को दबाव समेत दिएका थिए । त्यसैवेला देखि उनी विस्तार खुमबहादुर खड्काको निकट बन्न पुगेका थिए । उनी अहिले उनै खड्काको समूहबाट मन्त्री बन्न पुगेका हुन् ।