काठमाडौ साउन ११
तिनाउ बिकास बैंकले २०७४ को असार मसान्तसम्ममा नौ करोड ६७ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैकको यस्तो नाफा आठ करोड एक लाख ६० हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी ४६ करोड आठ लाख ४९ हजार रुपैयाँ रहेको बैकले २०७४ को असार मसान्तसम्ममा तीन अर्ब ८९ करोड ७८ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २४ करोड ६१ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा १७ करोड ९१ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा २० करोड ५८ लाख नौ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम एक करोड ८६ लाख ७५ हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम ७५ लाख तीन हजार रुपैयाँ रहेको बैकमा निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव ७५ प्रतिसत रहेको छ भने स्प्रेड दर पाँच दसमलव ५७ प्रतिसत रहेको