बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यातना बिरुद्ध सरकारको प्रस्तुति कडा हुन्छः गृहमन्त्री

बुधबार, साउन ११ २०७४

 काठमाडौं, साउन ११–
गृहमन्त्री जनार्दन शर्माले यातना विरुद्ध कडा नियम ल्याउने तयारी गरिएको बताएका छन् । सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरेको पाइए उनीहरलाई  कडा कार्वाही हुने गृहमन्त्री शर्माको भनाई छ ।  मन्त्री  शर्माले यातना दिने कार्यमा रोक लगाउन सरकारले तत्काल  कडा कदम चाल्ने चेतावनी समेत दिएका हुन् ।  बुधबार व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकमा ‘यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७१’ माथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।   सरकार यातना दिनेहरुलाई फौजदारी कसुरमानी कार्वाही गर्न प्रतिवद्ध रहेको पनि उनले प्रष्ट पारे ।    सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरेको पाइए कडा कार्वाही हुनेगरी सरकारले सो सम्बन्धि कानुन निर्माण गर्न लागेको उनको भनाई छ । व्यवस्थापिका संसद राज्य व्यवस्था समितिमा विचाराधिन ‘यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७१’ मा सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले यातना दिएको पाइएमा ५ वर्ष कैद सजाय र ५० हजार जरिवान गर्न सकिने व्यवस्था छ । त्यसैगरी उजुरीकर्ताले दिएको उजुरी झुटो प्रमाणित भए १० हजारसम्म जरिवान गर्न सकिने व्यवस्था छ ।