काठमाडौ साउन १०
नेप्से आज हरियाली देखिएको छ । नेप्से आज सात दसमलव ११ अंकले बढेर १६ सय ३६ दसमलव १९ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव १७ अंकले बढेर तीन सय ४४ दसमलव ७७ अंंकमा पुुगेको छ । एक सय ५६ कम्पनीहरुको सात हजार चार सय छ वटा कारोवारमा १३ लाख ७१ हजार एक सय १० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९४ करोड ८५ लाख ५६ हजार एक सय छ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज आठ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको कारोवार बढेर दुुई वटा समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक एक सय ५७ दसमलव ३२ अंकले बढेर नौ हजार पाँच सय २६ दसमलव ५७ बिन्दुुमा चढेकोमा ३८ करोड ९५ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक छ दसमलव ४८ अंकले बढेर १९ सय ९२ दसमलव १० बिन्दुुमा चढेकोमा १२ करोड ३७ लाख १६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुचक पनि आज १८ दसमलव तीन अंकले बढेर १९ सय ५४ दसमलव ६७ बिन्दुुमा चढेकोमा सात करोड ४० लाख ९२ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल, फाईनान्स र उत्पादनमुलक समुहको कारोवार सुचकमा पनि आज सुधार आएको छ ।
बाँणिज्य बैक समुहको सुचकमा भने शुन्य दसमलव चार अंकले गिरावट आई १४ सय ३२ दसमलव सात बिन्दुुमा झरेकोमा १९ करोड २१ लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने अन्य समुहको सुचकमा पनि गिरावट देखिएको छ । आज कमाउने तथा गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ राष्ट्रिय बीमा कम्पनी १७५४५ १०
२ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) १५३६७ १०
३ हिमालयन डिष्ट्रिलरी प्रालि १२७० ९.९६
४ न्यादी ग्रुुप पावर कम्पनी २८५ ९.६२
५ लुुम्बिनी बिकास बैंक १८४ ९.५२
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी २४० ४
२ हाम्रो बिकास बैंक २७२ ३.५४
३ कुुवेर मर्चेन्ट फाईनान्स १८१ ३.२६
४ नेशनल हाईड्रो पावर कम्पनी १५० २.५९
५ युुनाईटेड फाईनान्स २५६ २.२९