बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसभित्रैको किचलोले मन्त्रिमण्डल विस्तारमा समस्या, राजधानीमा देउवा र पौडेल पक्षको छुट्टाछुट्टै बैठक

मंगलबार, साउन १० २०७४

काठमाडौं साउन, १०–
मन्त्रिमण्डल विस्तार गर्न नसकेर सर्वत्र आलोचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज(मंगलबार) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । देउवाले नेपाली कंग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला र नेता खुमवहादुर खड्का पक्षलाई भागबण्डामा मन्त्रालय दिएर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । सहकर्मि सत्ताघटकसँगको विबादले भन्दा पनि आफ्नै दल भित्रको किचलोले देउवा प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनासम्म पनि मन्त्रिमण्डल गठन गर्ने कामबाट चुकेका हुन् ।  मुख्य सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवाको मन्त्रिमण्डलमा भएको ढिलाई प्रति पटक पटक असन्तुष्टि व्यक्त गरिसकेका छन् । प्रधानमन्त्री देउवा आफ्नै दल भित्रको किचलोको दलदलमा नराम्रो गरी फसेका छन् । पार्टी भित्र मन्त्री बन्न खोज्नेहरुको लर्को छ । त्यसमाथि च्याउ सरी फष्टाएका गुटका कारण देउवालाई हरेक गुट टाउको दुखाई बेनेको देखिन्छ । बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको ६० प्रतिशत हिस्सा आफूसँग भएकाले आफूलाई ६ मन्त्रालय चाहिने भने पछि प्रधानमन्त्री देउवालाई थप समस्या आईलागेको हो । पौडेल समूहलाई जम्मा ४ मन्त्रालय दिने तयारी गरेका देउवालाई पौडेलको ६ मन्त्रालयको मागले पिरोलेको छ । पहिलो मन्त्रिमण्डल गठनका बेला यहि कुरमा बिवाद हुदा पौडेलले उतिबेला मन्त्रीको नाम देउवालाई नदिएर असुन्तुष्टि सार्वजनिक गरेका थिए । अहिले पौडेलले देउवालाई मन्त्रालयको संख्यामा मात्र होईन भौतिक योजना मन्त्रालय र संचार मन्त्रालयमा दाबी गरेर पनि अफ््ठेरो पारीरहेका छन् । त्यस्तै, भौतिक तथा योजना मन्त्रालयमा स्वयम देउवाको तथा खुमबहादुर खड्काको समूहको समेत दाबी रहेको छ । उता कृष्ण सिटौला समूहले पनि संचार मन्त्रालयमा दाबी गरिरहेको छ । मन्त्रालयको संख्या तथा कुन मन्त्रालय कस्ले पाउने भन्नेमै बिवाद देखिएपछि देउवा समूहको बालुवाटार तथा पौडेल समूहको राजधानीकै गोप्य स्थानमा बैठक बसिरहेको श्रोतले बताएको छ । पौडेल पक्षबाट माग भए अनुसार  मन्त्रालय पाए बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्र कुमार केसी, जिवन परियार, बद्री पाण्डे, सरिता प्रसांई, कमला पन्त लगायत मन्त्रिमण्डलमा पर्ने पौडेल निकट श्रोतको भनाई छ  । त्यस्तै, सिटौला पक्षबाट भिमसेन दास प्रधान र खड्का पक्षबाट मोहन बहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी रहेको बुझिएको छ  ।  उता, देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदेम्बे, अर्जुन जोशी लगायतको नाम मन्त्रि बन्नेमा चर्चामा छ । 
तर, देउवाले भने रामचन्द्र पक्षलाई चारवटामात्रै मन्त्रालय दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले आफ्नो दल भित्र मात्र होईन  सहयात्री दलहरुलाई समेत  समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । सकभर राप्रपालाई पनि सरकारमा सहभागि गराउने योजनामा प्रम देउवा लागेका छन् । प्रधानमन्त्री देउवा आजै मन्त्रिपरिषद् विस्तारमा जुटेपनि राप्रपालाई समेत सहभागी गराउनुपर्ने भएकाले अझै समय तय भएको छैन । सो पार्टीसँग आन्तरिक छलफल गरेर टुंग्याएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने बालुवाटार स्रोतको भनाई छ । श्रोतका अनुसार ढिलोमा मंगलबार ५ बजेसम्ममा मन्त्रिपरिषद विस्तार हुने बताईएको छ । तर, बरिष्ठ नेता रामचन्द्र पौडेलले ६ वटा मन्त्रालय मागेपछि प्रधानमन्त्री देउवाको  सम्स्या झन् थपिएको हो । 
माओवादी केन्द्रबाट भने गिरिराजमणी पोखरेल, महेन्द्र बहादुर शाही, आशा खनाल, टेकवहादुर बस्नेत, सीता नेपाली मन्त्री बन्ने लगभग निश्चित रहेको छ ।