बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पप स्टार जस्टिन बीबरको कन्सर्ट चीनले रोक्यो

सोमबार, साउन ९ २०७४

काठमाडौं, साउन, ६–
पप स्टार जस्टिन बीबरको खराब छवीले  बेइजिङको  संस्कृतिमा प्रभाव पार्ने भन्दै चीन  सरकारले उनलाई कन्सर्ट गर्न  रोक लगाएको छ । चीनको संकृति मन्त्रालयले पप स्टार बीबरको छव िखराव भएकाले उनलाई रोकेको जनाएको छ । मन्त्रालयले भनेको छ, ‘मनोरञ्जनको नाममा यस्तो व्यक्तिलाई अनुमति दिन सकिदैन जो गलत व्यवहारमा संलग्न छ ।’ एक शानदार गायक हुदाहुदै  पनि जस्टिन  विवादित रहेको मन्त्रालयको भनाई छ  । एक यूजरले सोधेको प्रश्नमा मन्त्रालयको आधिकारिक वेबसाइटमा  यस्तो जवाफ दिइएको हो ।

‘हामीलाई आशा छ कि जब जस्टिन बीबर समझदार हुनेछन्, उनी आफ्नो बोली र व्यवहारमा सुधार ल्याउने कोशिश गर्ने छन्, त्यसपछि यहाँ गाउन दिनेबारे सोच्न सकिन्छ,’ मन्त्रालयले भनेको छ ।  सेप्टेम्बरमा सुरु गर्ने एशिया टूरका क्रममा जस्टिनले जापान, हङकङ, फिलिपिन्स, सिंगापुर र इन्डोनेसियामा कन्सर्ट गर्ने बताईएको छ ।