काठमाडौं साउन, ९–
सोमबारको कांग्रेस केन्द्रीय समिति बैठक बस्नु अगावै कांग्रेस सभापति शेरबहादुर
देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच वार्ता भएको छ । उनीहरु दुई जनाबीच मात्र पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल भएको हो । श्रोतका अनुसार दुई नेताको बीचमा मन्त्रीपरिषद्को विस्तारका बारेमा छलफल भएको हो । दुई नेताको छलफलमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले मन्त्रीमण्डलमा पठाउनेहरुको नाम मागेको तर, पौडेलले भने पहिला मन्त्रालयको टुंगो लगाउनुपर्ने अडान राखेको श्रोतको भनाई छ ।
नेता पौडेलले आफ्नो पक्षले पाउने ४ मन्त्रालयमध्ये भौतिक योजना र सूचना तथा सञ्चार मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गरेको छन् । उता देउवा भने यी दुबै मन्त्रालय पौडेल पक्षलाई दिने मुडमा नभएको बताईएको छ ।
तथापी केन्द्रीय समितिको बैठक सकिए लगत्तै दुईजना बीच पुनः छलफल गरेर मन्त्रीपरिषदको विस्तार गर्ने तयारी रहेको श्रोतले बतायो ।