काठमाडौं साउन, ९–
पटक पटक गरेर १० पटक अनसन बसिसकेका डाक्टर गोविन्द केसीले आजबाट फेरि ११ औं अनसन बस्ने भएका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ समेत रहेका डा. केसीले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्ने भएका हुन् ।
डा. केसीले विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएको, माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नभएको भन्दै अनसन बाहेक अर्को विकल्प नभएको बताएका छन् । असार ३१ गतेसम्मको माग पुरा गर्न सरकारलाई अल्टिमेटम दिएपनि सरकारका प्रतिनिधिले सम्पर्क समेत नगरेका कारण अनसन सुरु गर्न लागेको डा. केसीको भनाई छ ।