बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज पनि कांग्रेस बैठक जारी, गल्ति सच्याउन नेतृत्वलाई दबाव

आइतबार, साउन ८ २०७४

काठमाडौं साउन, –
सत्ताको नेतृत्वकर्ता कांग्रेसको केन्द्रीय समिति बैठक आज(आईतबार) पनि जारी रहेको छ ।   बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल जारी रहेका कांग्रेसका एक नेताले जानकारी गराए । मुख्यतया बैठकमा दुई चरणका स्थानीय निर्वाचनमा भएका कमजोरीको समीक्षा तथाआगामी असोज २ गते प्रदेश नं २ मा पनि हुने निर्वाचनमा पार्टीलाई अत्यधिक तहमा विजयी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा सार्वजनिक गरिरहेका छन् ।  अघिल्ला दुई चरणमा पार्टीले बेहोरेको क्षतिलाई ध्यानमा राखेर  सानेपामा जारी बैठकमा आवश्यक गृहकार्य गरेर उपयुक्त उम्मेदवार चयन गर्नुपर्ने, समयमै टिकट वितरण गर्नुपर्ने, प्रचारमा पार्टीका सबै संरचना प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेलगायत सुझाव आएको कांग्रैस श्रोतले जनाएको छ ।

पहिलो दिनको बैठकमा  वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत २० केन्द्रीय सदस्यले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी विषयमा केन्द्रित रहेर आआफ्नो धारणा राखेका छन् । आज सुरु
 बैठकमा पुष्पा भुसाल, ईश्वरी न्यौपाने, रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, केशवकुमार बुढाथोकी, किरण यादव, वीरबहादुर बलायर र मोहन बस्नेतले धारणा राखेका थिए ।