बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कपिल शर्मा डिप्रेशनको शिकार

आइतबार, साउन ८ २०७४

काठमाडौं साउन, ८–
चर्चित कमेडियन कपिल शर्माको स्वस्थ्य बिग्रिएपछि उनको  ‘द कपिल शर्मा शो’को सुटिङ नगरि कलाकार फर्किएका छन्  । वुधबार  चलचित्र ‘मुबारकाँ’को टिम कपिलको कमेडी शो ‘द कपिल शर्मा शो’को प्रमोशनका लागि पुगे पनि  कपिल भने  उपस्थित भएका थिएनन् । भारतको चर्चित अनलाइन दैनिक भाष्करले जनाए अनुसार यतिबेला उनी डिप्रेशनको बिरामी छन् । 

 नायक अनिल कपुर, अर्जुन कपुर, इलियाना डीक्रुज र आथिया सेट्टी चलचित्र प्रमोशनका लागि कपिलको सेटमा पुगे पनि ४ घन्टासम्म  शोको सुटिङ सुरु नभएपछि उनीहरु फर्किएका हुन् ।   कपिल आफैले आफ्नो स्वास्थ्य ठिक नभएको भन्दै चलचित्रको टिमसँग कुरा गरेका थिए । यसैले, शो सुटिङ नगरि कलाकार फर्किएका हुन्  । लगत्त कपिलमाथि सामाजिक संजालमौ अव्यवसायिक, घमण्डी भनेर आरोप लगाईएको छ  । तर, कपिलमाथि लागेको आरोपको खण्डन गर्दै उनकी बहिनी पूजा देवगण मिडियामाझ आएकी छिन् । उनले भनेकी छिन्–अहिले कपिल आफ्नो विग्रदो स्वास्थ्य अवस्थासँग जुधिरहेका छन् । उनी कामको पुरा सम्मान गर्छन् ।’