साउन ७, चितवन – अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ ।
यो सडकखण्डको जलविरे र ऋद्धिखोलामा बिहान साढे ४ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताउनुभयो ।
पहिरो खसेपछि चितवनबाट काठमाडौं तर्फ जाने र चितवन तर्फ आउने सवारी साधन सवारी बिचबाटोमै रोकिएका छन् ।
पहिरो हटाई सवारी साधन सञ्चालनका लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ । पटक पटक सडक अवरुद्ध हुँदा यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।