काठमाडौं साउन, ६–
अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेले पदबाट राजीनामा दिएका छन्। करिब तीन बर्ष पहिले अन्नपुर्ण पोष्ट दैनिकको प्रधानसम्पादक भउका बरिष्ठ पत्रकार घिमिरेले आजैका मितिबाट लागु हुने गरी राजीनामा दिउका हुन् । उनको राजीनामा अप्रत्यासित रुपमा आएपनि त्यसमा अरु कुनै कारण नभई नयाँलाई अबसर दिन मात्र आफूले राजीनामा दिएको पत्रकार घिमिरेको भनाई छ । तत्काल कतै जाने तयारीका साथ राजीनामा नदिएको जानकारी गराउदै उनले यो सामान्य भएको बताए । घिमिरेले यसअघि कान्तिपुर दैनिक र काठमाण्डू पोस्टमा पनि सम्पादक जिम्मेवारी सम्हालीसकेका छन् ।