बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घरैबाट बेपत्ता कृषि विकास बैंकका कर्मचारीको अबस्था अझै अज्ञात

शुक्रबार, साउन ६ २०७४

काठमाडौं साउन, ६–
कृषि विकास बैंक कुश्मा शाखामा कार्यरत कर्मचारी विगत दुई सातादेखि घरबाटै बेपत्ता भएका छन् । पर्वत फलेवास नगरपालिका–४ मुडिकुवाका दीपेन्द्र शर्मा गौडेलको गत असार २२ गतेदेखि अवस्था अझै अज्ञात रहेको छ । 
 असार २१ गते साँझ कार्यालयवाट घर फर्किएर खाना खाएर सुतेका गौडेल बिहीबार बिहान ४ बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । स्थानीयवासी युवनाथ गौडेलका अनुसारलामो समयदेखि बैंकमा कार्यरत गौडेल बेपत्ता भएपछि खोजी कार्यलाई तीव्रता दिइएपनि अझै कुनै पत्तो लागेको छैन । बेपत्ता गौडेलको नाम, वतन र हुलियासहित खोजी कार्यलाई तीव्रता दिएपनि कतैबाट पनि केही जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । प्रहरी नायब उपरीक्षक मधुकरजङ्ग विष्टले गौडेलको अवस्थाबारे अहिलेसम्म  कुनै जानकारी नआएको बताए । लामो समयसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।  बैंकमा लेखपाल पदमा कार्यरत उनी सम्पर्कविहीन हुनुको कारण समेत अझै पत्ता लागेको छैन ।