काठमाडौं साउन, ५–
तेस्रो चरणमा हुने २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । बुधबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको हो ।
भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले तय गरेको छ । प्रदेश नं. २ का ८ (आठ) जिल्लामा १२७ स्थानीय तह (गाउँपालिका÷नगरपालिका) रहेका छन् ।
