काठमाडौं साउन, ५–
आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारीका लागि नेपाली काँग्रेसले प्रदेश नं २ को भेला बोलाएको छ । बिहीबार राजधानीमा हुने उक्त भेलामा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको सहभागिता रहने कांग्रेस पार्टी कार्यालयले जनाएको छ । भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्यको उपस्थिति रहने कांग्रेसले जनाएको छ । त्यस्तै, २०७०को निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी समेत सहभागी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए ।