काठमाडौं साउन, ३–
बालिकालाई जवरजस्ती करणी गर्ने बसका सहचालक पक्राउ पररेका छन् । धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने १४ बर्षिय बालिकालाई सहचालक उप्रेतीले बसभित्रै जबरजस्ती करणी गरेको
केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । सहचालक उप्रेतीले गत असार १८ गते सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा सोही बसभित्र जबरजस्ती करणी गरेको बताइएको छ ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।