काठमाडौ साउन ३
साताको तेस्रो दिन मंगलबार नेप्सेमा उछाल भएको छ । आज नेप्से सुचक र कारोवार रकम दुुबै लगानीकर्ताहरु थप लगानी गर्न हौसिएकाछन । नेप्से ३४ दसमलव २६ अंकले बढेर १६ सय ३८ दसमलव ४१ अंकमा पुुगेको छ । सेन्सिटिभ पनि छ दसमलव ८६ अंकले बढेर तीन सय ४७ दसमलव ६३ अंकमा पुुगेको छ । कुल एक सय ५५ कम्पनीहरुको नौ हजार एक सय ८९ वटा कारोवारमा १९ लाख ३५ हजार पाँच सय ९० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब २१ करोड १७ लाख ८८ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको छ ।
आज आठ वटा समुहको कारोवार भएकोमा आठ वटै समुहको सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । बीमा समुहको सुचक एकै दिन चार सय १६ दसमलव ६३ अंकले बढेर आठ हजार आठ सय ६३ दसमलव ७५ अंकमा पुुगेकोमा ३८ करोड ५९ लाख तीन हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचकम २५ दसमलव दुुई अंकले बढेर १९ सय ९९ दसमलव ७० अंकमा पुुगेकोमा २८ करोड ४७ लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि २७ दसमलव २५ अंकले बढेर १४ सय ७० दसमलव ३० अंकमा पुुगेकोमा ३३ करोड १७ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
जलबिद्युुत, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज बढेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ हिमालयन डिष्ट्रिलरी प्राली ९८० ९.९९
२ एनबी इन्स्योरेन्स कम्पनी ११४० ९.९३
३ कुुवेर मर्चेन्ट फाईनान्स १५५ ९.९३
४ राष्ट्रिय बीमा कम्पनी १४२०० ९.३१
५ प्रोग्रेसिभ फाईनान्स २१४ ९.१८
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ ओम डेभलपमेन्ट बैंक ४३९ ९.८५
२ वल्र्ड मर्चेन्ट फाईनान्स १४१ ४.०८
३ एनआईबिएल प्रगती फन्ड ९.६५ ३.५
४ बिजय लघुबित्त संस्था १३८० ३.३१
५ रिलायवल माईक्रो फाईनान्स २०५० १.९१