बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजबाट धितोपत्र व्यवसाय सम्वन्धी नयाँ निर्देशिका लागुु

मंगलबार, साउन ३ २०७४

काठमाडौ साउन ३ 
आजबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैकर सम्वन्धी नयाँ निर्देशिका लागुु भएको छ । अर्थमन्त्रालाई धितोपत्र बोर्डले पेस गरेको नयाँ निर्देशिकालाई साउन एक गते स्वीकृती दिएपश्चात बोर्डले आज मंगलबारबाट उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो । 
नयाँ निर्देशिका अनुसार मर्र्चेेन्ट बैंकरको कार्य क्षेत्रमा संस्थागत परामर्शदाताको कार्य थप गरी कार्य क्षेत्र बढाउनुका साथै मर्चेन्ट बैंकरको हालको चुक्ता पूँजी तीन गुणाभन्दा बढीले बृद्धि गरिएको छ । बजारको विकास तथा वढ्दो जिम्मेवारी अनुरुपमर्चेन्ट वैंकरको वित्तीय अवस्था सुदृढ गर्न चुक्ता पूँजी बृद्धि गरी निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम चुुक्तापूँजी तीन करोड रहेकोमा पाँच करोड, धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) को चार करोड रहेकोमा सात करोड,  शेयर रजिष्ट्रारको एक करोड रहेकोमा तीन करोड, लगानी व्यवस्थापकको एक करोड रहेकोमा पाँच करोड र संस्थागत परामर्शदाताको तीन करोड हुने व्यवस्था गरेको निर्देशिकामा उल्लेख छ  । सहायककम्पनी स्थापना गरी मर्चेन्ट बैङ्किङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्ति (मर्जर वाएक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैङ्किङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने व्यवस्था गरी मुख्य कम्पनीहरु मर्ज वा एक्विजिसनमा गएमा सहायक कम्पनीहरुको समेत मर्जर र एक्विजिसन गर्नुपर्ने व्यवस्था गरिएको गरिएको छ । 

मर्चेन्ट बैंकरको शेयरधनीले आपूmले ग्रहण गरेको शेयर बिक्रीवा हस्तान्तरण गर्नु भन्दापहिले बोर्डमातत् सम्बन्धीअभिलेख गराउनु पर्नेव्यवस्था गरी मर्चेण्ट बैंकरको श्ोयर विक्री वा हस्तान्तरण प्रक्रियालाई व्यवस्थित गरिएको निर्देशनमा उल्लेख छ । निष्काशन तथा विक्री प्रबन्ध सेवामाहुन सक्ने अस्वस्थ्य प्रतिस्पर्धालाई निरुत्साहित गर्न निष्कााशन तथा विक्रीप्रबन्धक सेवाको लागि एक लाख भन्दा कम सेवा शुल्क लिन नपाईने समेत निर्देशिकमा उल्लेख छ ।