काठमाडौं साउन, ३– आफ्नो करिअरमा कुनै पनि विवादास्पद दृश्य चलचित्रमा नदिने नायिका बनेकि छिन् नायिका गरिमा पन्त । सार्वजनिक कार्यक्रमदेखि चलचित्रको पर्दामा गरिमा सधै नै सफ्ट बनिन् । तैपनि गरिमाले चलचित्र क्षेत्रमा लोभलाग्दो उचाई कहिल्यै पनि पाइनन् । तर, उनले विवादास्पद छवि पनि बनाइनन् । चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी गरिमा बोल्ड बन्न चाहिनन् । सायद, उनको यही छविका कारण उनलाई दर्शकले सधै नै फरक ढंगले हेरेका थिए ।
तथापी, चलचित्रमा कमजोर बन्दै गएपछि गरिमाले वेल्जियमा बस्दै आएका व्यापारीसँग सुटुक्क बिहे गरिन् । चलचित्रमा उचाई लिईरहेकि गरिमाको विहेले धेरैलाई अचम्मित बनायो । उनै गरिमा अहिले सामाजिक संजालमा सक्रिय छिन् । इन्स्ट्राग्राममा गरिमाले राख्ने तस्बिरले राम्रै चर्चा पाउँछन् । केही समय अगाडि उनले नेपाल भ्रमणको तस्बिर राख्दा त्यसले नेपाली मिडियामा उच्च स्थान पाएको थियो ।
उनै गरिमाले समुन्द्री छालसँग रमाएका तस्बिर पोष्ट गरेकी छिन् । जहाँ, उनी हट अवतारमा प्रस्तुत भएकी छिन् । गरिमाको यो हट अवतारले फेरि पनि इन्स्ट्राग्राममा चर्चा पाइरहेको छ ।