काठमाडौं साउन, ३–
कर छुट प्रकरणमा राष्ट्रिय ढुकुटी माथि लुट मच्चाएका र बिशेष अदालतले ३ अर्ब धरौटी तोकेका अभियुक्त आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटको सुनुवाई मंगलबार (आज) हुँदैछ । बिशेष अदालतले ३ अर्ब धरौटी तोके पनि उनले त्यसबाट जोगिन श्रीमतीलाई बिशेष अदालत बिरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा दर्ता गर्न लगाएका थिए । राष्ट्रिय ढुकुटी माथि गिद्धे नजर लगाएका शर्मा श्रीमतीको पहलमा छुट्कारा पाएर ठाँटिएर हिड्ने तयारीमा लागे पनि सर्वोच्चले उन्मुक्ती देला या नदेला त्यो भने हेर्न बाँकी छ । सोमबार न्यायाधीस चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले मुद्दाको सुनुवाई गरेका थिए । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई मंगलबारका लागि राखेकोे हो । तर, सोमबार समयअभावका कारण हेर्दाहेर्दैमा राखेर आजका लागि सारिएको हो ।
शर्माका श्रीमती कल्पना उप्रेतिले गत मंगलबार विशेष अदालतलाई विपक्षी बनाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाईको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । शर्माले व्यापारिक फर्मलाई करोडौ राजश्व छुट दिएको अख्तियारको दावी छ ।