काठमाडौ साउन २
नेप्सेमा बल्ल हरियाली देखिएको छ । लगातार घट्दै आएको नेप्से आज मंगलबार उच्च अंकले बढेर पुरै हरियो भएको हो । नेप्से २० दसलव ५८ अंकले बढेर १६ सय चार दसमलव १५ अंकमा चढेको छ । सेन्सिटिभ पनि चार दसमलव चार अंकले बढेर तीन सय ४० दसमलव ७७ अंकमा चढेको छ । एक सय ५४ कम्पनीहरुको छ हजार छ सय ३५ वटा कारोवारमा २० लाख १२ हजार चार सय १५ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोवार रकम ६९ करोड ४३ लाख ६९ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ ।
आठ वटा समुहको कारोवार भएकोमा सबै समुहको कारोवार सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैक समुहको सुचक २१ दसमलव ८३ अंकले बढेर १४ सय ४३ दसमलव पाँच बिन्दुुमा चढेकोमा २४ करोड ३३ लाख ४६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीमा समुहको सुचक ९५ दसमलव ३५ अंकले बडेर आठ हजार चार सय ४७ दसमलव १२ बिन्दुुमा चढेकोमा १४ करोड २२ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक २९ दसमलव ५७ अंकले बढेर १९ सय ७४ दसमलव ५० बिन्दुुमा चढेकोमा १६ करोड ६२ लाख पाँच हजार रुपैयाँको सेयर किनबेच भएको छ । आज जलबिद्युुल समुहको सुचक नौ दसमलव १८ अंकले बढेर १९ सय १८ दसमलव २८ बिन्दुुमा चढेकोमा तीन करोड तीन लाख २४ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज बढेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ हिमालयन डिष्ट्रिलरी ८९१ १०
२ नेशनल माईक्रोे फाईनान्स १९२७ ८.१४
३ फरवार्ड कम्युटी माईक्रो फाईनान्स ३५४२ ७.४०
४ रिलायवल माईक्रो फाईनान्स २०९० ७.२९
५ सिर्र्नजी पावर डेभलपमेन्ट कम्पनी २५६ ६.६४
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ कुुवेर मर्चेन्ट फाईनान्स १४१ ६
२ कुुवेर मर्चेन्ट फाईनान्स (संस्थापक) १०० ४.७६
३ एभरेष्ट बैंक (कन्र्भटेवल प्रिफरेन्स)ं ८८५ ४.११
४ कावेली बिकास बैंक ५१० ३.७७
५ दिव्येश्वरी हाईड्रो पावर कम्पनी २०५ २.३८