काठमाडौ साउन १
लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ३९ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले पु्ंजी बृद्धिको लागि एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अ्रंकित मुल्य कायम रहनेगरी ३९ लाख कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्रवन्धक सिबिआईएल क्यापिटल मार्फत असार ३० गतेबाट खुल्ला भएको हकप्रद सेयरको बिक्री कार्य भदौ एक गतेसम्म जारी रहने छ । अधिकृत पुंजी एक अर्ब र जारी पुंजी ७८ करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी पनि ७८ करोड रुपैयाँ नै पुग्ने छ ।