बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धमाधम मिचिँदैछ पशुपतिको जग्गा

आइतबार, साउन १ २०७४

साउन १, काठमाडौँ – पशुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

कोषले वेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो ।

केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने बहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरु भएको छ । 

पशुपति क्षेत्र विकास कोषका कर्मचारीको मिलेमतोमा भण्डारखालको उत्तर–पश्चिममा धमाधम जग्गा अतिक्रमण गर्ने काम भइरहँदा पनि कोषका कर्मचारी भने बेखबर पाइएका छन् ।