बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्मा :बचाऔँ अभियान भनेर उठाईएको रकम कहाँ छ ?

आइतबार, साउन १ २०७४

साउन १, काठमाडौं – कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् । 
तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन । 

फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाईएकी डोल्माको सजाय ब्लडमुनी बुझाएर आजीवन कारवासमा झारिएको थियो । 

दस बर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि रजधानी फर्किएकी हुन् । 

डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाएपछि डोल्मा शेर्पा बचाउँ अभियान भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियाानमा ५० लाख रपैयाँभन्दा बढी सहयमोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । 

हलिे त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौँ रुपैयाँको खोजबिन अझै हुन सकेको छैन । यो खबर आजको कान्तिपुरमा छ ।