काठमाडौ असार २८
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ६४ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुुलेको छ । कम्पनीले पुंजी बृद्धिको लागि आज बुुधबारबाट एक बराबर एक दसमलव ६६ प्रतिसतको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी ६४ लाख २० हजार कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य साउन ३१ गतेसम्म कायम रहने छ । हाल अधिकृत पुंजी दुुई अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुंजी एक अर्ब दुुई करोड ७२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको निष्काशन पश्चात भने कम्पनीको चुक्ता पुंजी एक अर्ब दुुई करोड ७२ लाख रुपैयाँ नै पुुग्ने छ । कम्पनीले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड पाँच लाख ५३ हजार रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ ।