बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माथिल्लो कर्णालीको बिजुली बंगलादेशसम्म पुग्ने

बिहिबार, असार २२ २०७४

काठमाडौँ – भारतीय कम्पनी जीएमआरले निर्माण गरिरहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा बेच्ने समझदारी भएको छ ।

उत्पादन भएको बिजुली भारतको भूमि हुँदै बंगलादेशमा बेच्ने समझदारी भएको हो ।

भारतीय कम्पनी एनटीपीसी व्यापार निगम (एनभीभीएन) लिमिटेडमार्फत बंगलादेशलाई बिजुली बेच्ने समझदारी भएको बताइएको छ ।

४ सय देखि ५ सय मेगावाट बिजुली बंगलादेशलाई बेच्ने समझदारी भएको खबर आजको कारोबारमा छ ।