बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाल्पाको माथागढी गाउँपालिकामा काँग्रेसको समूह विजयी

शनिबार, असार १७ २०७४

असार १७, पाल्पा – पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । 

अध्यक्षमा सन्तोषकुमार थापाले छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विमल काफ्लेले चार हजार २१ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा काँग्रेसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँ चिदीले चार हजार १०१ मत प्राप्त गरिन् । 

यसैगरी सो गाउँपालिकाको आठ वटै वडामा काँग्रेस समूह नै विजयी भएका छन् । यसरी विजयी भएका वडाध्यक्षमा क्रमशः वडा नं १ मा शिवप्रसाद शर्मा, २ मा जनक रिजेल, ३ मा दीपक थापा, ४ मा मधु पराजुली, ५ मा बेलबहादुर ढेँगा मगर, ६ मा रनबहादुर खाम्चा ७ मा जङ्गबहादुर थापा र वडा नं ८ मा डिलबहादुर ढेगा मगर रहेका छन् । 

रामपुर नगरपालिका–३ मा एमाले र ८ मा काँग्रेस विजयी 

यसैगरी रामपुर नगरपालिका –३ को वडाध्यक्षमा एमालेका दिनेशकुमार खनालले एक हजार ९४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमानाथ अर्यालले ७७१ मत प्राप्त गरे । 

त्यस्तै सोहि नगरपालिका –८ को वडाध्यक्षमा काँग्रेसका बोमबहादुर नामजालीले ९०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गरे ।