असार १६, दाङ – बङ्गलाचुली गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का मेघराज रानाको प्यानल नै विजयी भएको छ ।
निकटतम प्रतिद्वन्द्वी नेकाका मैते पुनलाई ६ मतको झिनो अन्तरले पराजित गरी राना विजयी भएका हुन् । विजयी रानाले ३३६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पुनले ३३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, महिला सदस्यमा हिमा थापा, दलित महिला सदस्यमा मैती विक र सदस्यमा चुके सुनार र भीमकुमार बुढा विजयी भएका छन् ।