बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झापामा राप्रपा र एमालेको बराबर मत आएपछि…

शुक्रबार, असार १६ २०७४

असार १६, झापा – झापाको दमक नगरपालिकाको मतगणना रोकिएको छ । निर्वाचन अधिकृतले वडा नम्बर १ को वडा अध्यक्षमा राप्रपा र एमालेको मत बराबरी आएको जानकारी दिएपछि विवाद भएको हो ।

विवादपछि अहिले मतगणना नै रोकिएको हो । राप्रपाका समर्थकले आफ्ना उम्मेदवार तारा अधिकारी विजयी भएको दावी गरेका छन् भने एमाले समर्थकले हरि न्यौपानी विजयी भएको दावी गरेका छन् ।

दमक १ को मतगणना विहान ५ बजे नै सकिएको भए पनि मतपरिणाम भने अहिलेसम्मसार्वजनिक भएको छैन । अहिले त्यहाँ सुरक्षाकर्मीको बढाइएको छ । कडा सुरक्षाका बीच अब के गर्ने भन्ने बारेमा सर्वदलीय बैठक बसिरहेको छ ।