बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मतदानको क्रममा ५ को मृत्यु

बिहिबार, असार १५ २०७४

काठमाडौँ – विभिन्न जिल्लामा बुधबार मतदानका लागि गएका पँच जनाको मृत्यु भएको खबर आजको कान्तिपुरमा खबर छ ।

मृत्यु हुनेहरुमा,
– उदयपुरको बेलका नगरपालिका ३ सातपत्रेका ७० बर्षका श्रीलाल चौधरी रहेका छन् । उनको मतदान गरेर फर्कने क्रममा लडेर मृत्यु भएको हो ।

– पाल्पाको बगनासकाली गाउँपालिका ६ अन्तर्गत यम्घाको लाम्दीमा ८४ बर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भयो । उनले भोट हाल्न पाएनन् ।

– बगनासकाली गाउँपालिका १ चिर्तुङधारामा ६२ बर्षीय कृष्णकुमारी कुमालको मृत्यु भएको छ ।

– निस्दी गाउँपालिका ६ सातदोबाटठो टोलस्थित अर्चले मतदान केन्द्रमा ७४ बर्षीय लीलबहादुर सुनारको मृत्यु भएको छ ।

– दमकमा ८२ बर्षका नरेन्द्र भण्डारीको मृत्यु भएको छ । उनको भोट हाल्ने पालो आउन लागेको थियो । तर विवरण रुजु गर्दागर्दै एक्कासी ढले