बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कञ्चन डेभलपमेन्ट बैकद्धारा लम्कीबजारमा शाखा

मंगलबार, असार १३ २०७४

 
काठमाडौ असार १३ 
कञ्चन डेभलपमेन्ट बैकले लम्कीबजारमा शाखा बिस्तार गरेको छ । बैकले आज सोमबार शाखा बिस्तार गर्ने क्रममा लम्कीचुहा नगरपालिका वडा न. —०१ लम्कीबजारमा १२ औं र टिकापुर नगरपालिका वडा न. —०१ सिद्धार्थ चोकमा १३ औं शाखा बिस्तार गरेको हो हो । 
बैकका अनुसार प्रमुख अतिथी निर्देश बिश्रुत थापाले रिबन काटी उक्त शाखाहरुको समुद्घघाटन गर्नु भएको थियो । संचालक हिक्मतबहादुर शाह, प्रमूख कार्यकारी अधिकृत बिरुराम जैशी स्थानिय व्यापारी, पत्रकार, कर्मचारी, सर्वसाधारण जनसमुदाय र उक्त शाखाहरुका लागि खटिएका कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्नभएको थियो ।
कञ्चन डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क्षेत्रिय स्तरकोविकास बैक हो । यबैंकले कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई मिति २०६६ साल देखि कार्य गर्दै आइरहेको छ । प्रधानकार्यालय कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंककाहाल सम्मकञ्चनपुरमा ६ शाखा १ एक्सटेन्सन काउण्टर कैलालीमानयाँ सहित ६ शाखा र डडेल्धुरामा १ गरि कुल १३ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएकाछन ।
बर्तमान बजारको अवस्थालाई मध्यनजर गरि सो क्षेत्रका ग्राहकहरुले अन्य बैंकले दिई रहेको व्याज भन्दा आकर्षक व्याज पाउन भन्न ेउदेश्यले बैंकले मिति २०७३÷१२ ÷३१ देखि लागु हुने गरि बचत खातामा ६.५ देखि ८.५ प्रतिशत  र मुद्दति खातामान्युनतम १२ प्रतिशतव्याज दर कायम गरेको छ । ने. रा. बैंकको नीतिअनुरुप यस बैंकले मर्जरमानगई आफै आफ्नो पूजि ५० करोड पु–याउने क्रममा ३४ करोड ६५ लाख पुरयाई सकेको र २०७४ असार मसान्तभित्र  १० करोड ३९ लाख ५० हजार बराबरको हकप्रद शेयर निस्काशनकालागिधितो पत्रबोर्डवाट स्विकृती प्राप्तभई सकेको छ ।