बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राजपाको सहमतिमै दोश्रो चरणको निर्वाचन तोकिएको हो : गृहमन्त्री शर्मा

सोमबार, असार १२ २०७४

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले बुधबार हुने दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्नको लागि आम मतदाताहरुलाई आह्वान गरेका छन् । उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्धमिलाएको छ, सबै सुरक्षा निकायहरुलाई परिचालन गरेको छ, त्यसो भएको हुँदा सबै मतदाताहरु मतदान केन्द्रमा गएर आफ्नो मतदान अधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षा व्यवस्था हामीले गरिसकेका छौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको बताएका हुन् । उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन र आम मतदाताहरुलाई ढुक्क भएर मत हाल्नको लागि म यही मञ्चबाट अपिल गर्छु, निर्वाचन सम्पन्न गराउनको लागि कर्मचारीदेखि लिएर आवश्यक सुरक्षाकर्मीहरुलाई सबै क्षेत्रमा खटाइसकिएको छ, अब मतदान केन्द्रमा कुनै समस्या छैन ।’

मतदाताहरुलाई मत हाल्न जाँदा कुनै बाधा, अबरोध नआउनेबारे आश्वस्तपार्दै भने, ‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमागर्न पाउनुहुनेछ, त्यसको लागितपाईहरुलाई जस्तोसुकै सुरक्षादिनपनि सरकार तयार छ ।’

उनले राजपासँगको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा तोकिएको बताउँदै भने, ‘हाम्रो सम्मानीय प्रधानमन्त्री र राजपाबीचको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा राखिएको हो, अहिलेको दोस्रो चरणको निर्वाचनमा उहाँहरुले स्वतन्त्र रुपमा उम्मेद्वारी दिनुभएको छ, विप्लव माओवादीका साथीहरु पनि सहभागी हुनुभएको छ, म उहाँहरुलाई चुनावमा भाग लिएकोमा यही मञ्चबाट धन्यवाद दिन चाहन्छु।’