बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आई सी एशिया बैंकको थप एक नयाँ शाखा दुहवी, सुनसरीमा

आइतबार, असार ११ २०७४

काठमाडौ असार ११
एनआईसी एशिया बैकले दुुुहवीको सुनसरीमा पनि शाखा बिस्तार गरेको छ । बैकले असार ११ गते आईतबार एक सय आठौ शाखा बिस्तार गरेको हो । 
दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य  संघका अध्यक्ष  उमेश गोस्वामीद्वारा संयुक्त रुपमा विधिवत् समुद्घाटन सम्पन्न भएको बैकले जानकारी दिएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।