बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एभरेष्ट बैकको ८९ औं एटिएम किर्तिपुरमा

शुक्रबार, असार ९ २०७४

काठमाडौ असार  ८
सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले किर्तिपुरमा आफ्नो ८९ औं एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको समुद्घाटन रमेश श्रेष्ठ (मेयर, किर्तिपुर नगरपालिका) र सोमेश्वर सेठ (प्रमुखकार्यकारी अधिकृत, एभरेष्ट बैंक) ले संयुक्त रुपमा गर्नु भएको हो । उक्त कार्यक्रममा स्थानिय विशिष्ट व्यक्ति लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
कार्यक्रम राजीब जैन (नायव महाप्रबन्धक, एभरेष्ट बैंक) ले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत, आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिए । हल बैंकले नेपाल भरी आफ्ना ८९ एटिएम, ६० वटा शाखाहरु, छ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै भारतमा पन्जाब नेशनल बंैकको सात हजार भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।