काठमाडौ असार ७
अल्पाईन डेभलपमेन्ट बैंकले १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी २६ करोड ७५ हजार तीन सय रुपैयाँ मध्येबाट तीन बराबर दुई दसमलव आठको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रवन्धक एनएमबी क्यापिटल मार्फत यही असार २५ गतेबाट खुल्ला हकप्रद सेयरको बिक्री कार्य आगामी साउन २९ गतेसम्म कायम रहने छ । अधिकृत पुंजी ५० करोड रुपैयाँ रहेको बैकको जारी पुंजी ४४ करोड चार लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात भने बैंकको चुक्ता पुंजी ४४ करोड चार लाख रुपैयाँ नै पुग्ने छ । बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ४३ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।