काठमाडौ असार ६
नेप्से आज पनि चार दसमलव नौ अंकले घटेर १५ सय ५१ दसमलव सात बिन्दुमा पुगेको छ भने सेन्सिटिभ एक दसमलव तीन अंकले घटेर तीन सय २९ दसमलव सात बिन्दुमा झरेको छ । आज एक सय ४१ कम्पनीहरुको पाँच हजार चार सय नौ वटा कारोवारमा ११ लाख ६२ हजार दुई सय ६९ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५७ करोड ९२ लाख ३७ हजार तीन सय २७ रुपैयाँ पुगेको छ ।
आज आठ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको गुमाएकाछन भने बाँकी तीन वटा समुहले कमाएाछन । गुमाउने समुहमा परेको बीमा समुहको सुचक २९ दसमलव ३८ अंकले घटेर आठ हजार एक सय ९० दसमलव ७० बिन्दुमा झरेकोमा ११ करोड ९६ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक चार दसमलव ६७ अंकले घटेर १३ सय ८० दसमलव ८४ बिन्दुमा झरेकोमा २९ करोड ८९ लाख ३३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक पनि आठ दसमलव ९८ अंकले घटेर १९ सय तीन दसमलव २० बिन्दुमा झरेकोमा नौ करोड ५९ लाख ९८ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल र फाईनान्स समुहले पनि आज गुमाएकाछन ।
आज जलबिद्युत समुहको सुचक भने चार दसमलव ८८ अंकले बढेर १९ सय ५१ दसमलव १३ बिन्दुमा चढेकोमा एक करोड ६१ लाख २४ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । उत्पादनमुलक र अन्य समुहको सुचक पनि सामान्य अंकले बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको सेयर मुल्य
१ नमस्ते माईक्रो फाईनान्स ११८६ ५.९९
२ स्वरोजगार लघुबित्त संस्था १६५८ ३.९५
३ समिट माईक्रो फाईनान्स २८९८ ३.५०
४ अरुण फार्ईनान्स २०२ ३.०६
५ युनाईटेड मोदी हाईड्रो पावर ३७४ ३.०३
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको सेयर मुल्य
१ एभरेष्ट बैक कन्र्भटेवल प्रिफरेन्स ९४१ ९.९५
२ सिर्जना फाईनान्स बित्तीय संस्था ४६६ ७.२१
३ एनसीसी बैंक ३५९ ६.५१
४ कञ्चन डेभलपमेन्ट बैंक २९० ५.५५
५ आईसीएफसी फाईनान्स २८४ ४.४०