बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से झनै घट्दा लगानीकर्ताहरु आँत्तिए

सोमबार, असार ५ २०७४

काठमाडौ असार ५
नेप्से झनै घट्दै जाँदा लगानीकर्ताहरु अत्तालिएकाछन । साताको दोस्रो आज नेप्से २० दसमलव ८२ अंकले घटेर १५ सय ५५ दसमलव १५ बिन्दुमा कायम रहेको छ भने सेन्सिटिभ चार दसमलव ४९ अंकले घटेर तीन सय ३० दसमलव ३७ अंकमा कायम रहेको छ । 
एक सय ३७ कम्पनीहरुको पाँच हजार आठ सय १२ वटा कारोवारमा आठ लाख १४ हजार चार सय ५३ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम ६४ करोड ९८ लाख आठ हजार तीन सय १५ रुपैयाँ पुगेको छ । आजपनि बीमा समुहको सुचक सबैभन्दा उच्च बिन्दुले घटेको छ । उक्त समुहको सुचक एक सय ४२ दसमलव ८९ अंकले घटेर आठ हजार दुई सय २० दसमलव आठ अंकमा पुगेकोमा २९ करोड ६४ लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युत समुहको सुचक पनि १८ दसमलव ५१ अंकले घटेर १९ सय ४६ दसमलव २५ बिन्दुुमा झरेकोमा एक करोड ८३ लाख ९४ हजार सात सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक २१ दसमलव ३१ अंकले घटेर १९ सय १२ दसमलव १८ बिन्दुमा कायम रहेकोमा छ करोड ३२ लाख ९८ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक २० दसमलव ३८ अंकले घटेर १३ सय ८५ दसमलव ५१ बिन्दुमा झरेकोमा २१ करोड ६७ लाख आठ हजार रुपैयाँको सेयर किनबेच भएको छ । 
नेप्सेका अनुसार आज होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि आज उच्च अंकले घटेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य     आजको बढेको सेयर मुल्य 

१    तारागाउँ रेजिडेन्सी होटल    २६५            ३.११
२    कञ्चन डेभलपमेन्ट बैंक    ३०६            २
३    फरवार्ड कम्युनिटी डे. बैंक    १४४७            १.९७
४    आईसीएफसी फाईनान्स        २९६            १.७२
५    अरुण फाईनान्स        १९६            १.५५
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य     आजको घटेको सेयर मुल्य 

१    एभरेष्ट बैंक (कन्र्भटेवल प्रिफरेन्स)    १०४५            ९.४४
२    मिथिला लघुबित्त बिकास बैंक        १३३०            ५.९०
३    तिनाउ बिकास बैंक            ३०३            ५.३१
४    बोटर्लस नेपाल तराई            ६१०१            ५.२९
५    सिन्धु बिकास बैंक            ३५१            ४.९५