बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राधी जलबिद्युतले सात करोड ६४ लाखको साधारण सेयर बिक्री गर्ने

बुधबार, जेष्ठ ३१ २०७४

कठमाडौ जेठ ३१
राधी जलबिद्युत कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनको लागि अनुमती माग गर्दे नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ । कम्पनीले यही जेठ २९ गते एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी सात लाख ६४ हजार पाँच सय ५० कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुमती माग गरेको हो । 
यसअघि कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाका स्थानीयवासीका लागि चार करोड १० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरिसकेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा भने नविल बैकिङ लिमिटेड रहेको छ । अघिकृत पुंजी एक अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी ३० करोड ७५ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि सेयर जारी गरेपश्चात भने कम्पनीको चुक्ता पुंजी ४१ करोड रुपैयाँ पुग्ने छ ।