बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बल्ल भने देखियो लगानीकर्तामा उत्साह

मंगलबार, जेष्ठ ३० २०७४

काठमाडौ जेठ ३०
लामो समय पश्चात आज भने लगानीकर्ताहरुको अनुहारमा केही हाँसो देखिएको छ । लगातार घटेको नेप्से आज सामान्य अंकले बढेपछि लगानीकर्तारु थोरै भएपनि पुंजीबजार प्रति उत्साहित देखिएका  हुन । नेप्से आज चार दसमलव ६३ अंकले बढेर १५ सय ८५ दसमलव १५ अंकमा पुगेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ९६ अंकले बढेर तीन सय ३६ दसमलव ३६ अंकमा पुगेको छ । एक सय ४३ कम्पनीहरुको पाँच हजार चार सय चार वटा कारोवारमा नौ लाख १८ हजार तीन सय ४८ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम ४९ करोड दुई लाख ७५ हजार सात सय १० रुपैयाँ पुगेको छ ।
आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुलक समुहको सुचक घटेर बाँकी समुहको कारोवार बढेको छ । बीमा समुहको सुचक १४ दसमलव ६९ अंकले बढेर आठ हजार तीन सय ४७ दसमलव २० अंकमा चढेकोमा १० करोड १९ लाख तीन हजार रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक तीन दसमलव ६३ अंकले बढेर १४ सय १६ दसमलव ५५ अंकमा चढेकोमा २५ करोड छ लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी होटल समुहको सुचक पनि १७ दसमलव ७९ अंकले बढेर २२ सय ३३ दसमलव १५ अंकमा चढेकोमा १६ लाख ४५ हजार तीन सय ३० रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक दुई दसमलव सात अंकले बढेर १९ सय ३६ दसमलव तीन अंकमा चढेकोमा सात करोड ८४ लाख ६६ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । 
जलबिद्युत, फाईनान्स र अन्य समुहको सुचक पनि आज बढेको छ । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेकाछन । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम     आजको कारोवार मुल्य     आजको बढेको सेयर मुल्य 

१    वल्र्ड मर्चेन्ट फाईनान्स    १६३                ९.४०
२    तारागाउँ रेजिडेन्सी होटल २६७            ६.३७
३    सप्तकोशी डेभलपमेन्ट बैंक    ३८९            ५.७१
४    तिनाउ बिकास बैंक        ३३३            ४.७२
५    कञ्चन डेभलपमेन्ट बैंक    ३६०            ४.६५
गुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस    कम्पनीको नाम         आजको कारोवार मुल्य     आजको घटेको सेयर मुल्य 

१    हिमालयन डिष्ट्रिलरी प्रालि    ८२०                ७.८६
२    सिर्जना फाईनान्स (बित्तीय संस्था)    ५३९            ३.७५
३    मञ्जु श्री फाईनान्स        १६३                ३.५५
४    बरुण हाईड्रो पावर कम्पनी    २७६                ३.३०
५    सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी    २६३            ३.३३