बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेञ्चुरी बैकद्धारा इनोभेटिभ र अरनिकोलाई गाभेर एकीकृत कारोबार

सोमबार, जेष्ठ २९ २०७४

काठमाडौ जेठ  
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आठ अर्ब पूंजी पु¥याउने शिलसिलामा “ख” वर्गको इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गरी आज मिति २०७४ जेष्ठ २८ गते देखि एकीकृत कारोबार शुरु गरेको छ । काठमाण्डौंबाट एक समारोहका बीच एकीकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवि नेपालज्यूले पानसमा बति बालेर गर्नुभएको छ । एकीकृत कारोबार पश्चात् बैंकको चुक्तापूंजी चार अर्ब ७१ करोड, निक्षेप ३८ अर्ब ५० करोड, कर्जा ३५ अर्ब तथा ५३ वटा शाखाहरु हुनेछन् । निकट भविष्यमा नै बैंकले एकीकृत पूंजीमा ४० प्रतिसतका दरले हकप्रद शेयर जारी गर्दैछ र सो पश्चात् सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक तथा सेती फाईनान्स संग आषाढ महिना भित्रै एकीकृत कारोबार गदैछ ।  सम्पूर्ण प्राप्तीहरु हकप्रद तथा चालु आ.व.को मुनाफाबाट बैंकले तोकिएको आठ अर्ब पूंजी सजिलै पु¥याउने छ । सम्पूर्ण एकीकृत कारोबार पश्चात् बैंकको पहुंज बढी करिब ९० शाखाहरु हुनेछन् ।